७ आश्विन २०८३, बुधबार | September 23, 2026

५५ जिल्लामा एकीकृत समाजवादीको कार्यसमिति गठन



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।

करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगको गठन, पुनःगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सङ्गठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ ।

पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ । केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई