१२ श्रावण २०८१, शनिबार | July 27, 2024

५५ जिल्लामा एकीकृत समाजवादीको कार्यसमिति गठन



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।

करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगको गठन, पुनःगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सङ्गठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ ।

पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ । केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान