२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सरकारले बोलायो राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता, प्रधानमन्त्री देउवाका सासु पनि फिर्ताको लिस्टमा



काठमाडौं । देउवा सरकारले यस अघि राजनीतिक नियुक्तिकाट बिभिन्न देशमा पठाइएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रानीतिक नियुक्ति गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका छन् । हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रधानमन्त्री देउवाका सासुआमा प्रतिभा राणा राजदूत छन् ।

राजदूतमा नियुक्त भएका परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक राजनीतिक भागवण्डाका आधारमा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषदको बैठकले सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर सडक तथा लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३।५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने समेत आजको मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता कार्कीले बताए । उनले कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : ०८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको