५ पुस २०८२, शनिबार | December 20, 2025

बिनानिष्कर्ष सकियो सत्तारुढ गठबन्धनको बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठक बिना कुनै निष्कर्ष सकिएको हो ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, राजनीतिक दलसम्बन्धी अध्यादेश र समसाययिक विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो तर, कुनै विषयमा पनि सहमति जुटाउन नसकेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार भोलि पुनः बैठक बस्ने भनेर नेताहरु उठेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु उपस्थित भएका थिए ।

गठबन्धनको बैठक सुरु हुनुभन्दा अगाडि कांग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसेको थियो । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा चर्को आलोचना भैरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : १० बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन