२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



उदयपुर । उदयपुरको बेलका नगरपालिका-९ खारखोलामा बोलेरोको ठक्करबाट सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भएका बेलका-२ का ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो ।

बुधबार दिउँसो मदन भण्डारी मार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १-०२-००२ च ४८७४ नम्बरको बोलेरोले बेलका-९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नम्बरको मोटरसाइकलमा सवार रामचन्द्रलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाइते रामचन्द्रलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ०२ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa