१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बैतडीमा एक व्यापारी मृत फेला, दुईजना पक्राउ



बैतडी । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका-४ लेकडाणा घर भई सन्सेरीमाण्डौँमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।

महरा पसल अगाडी मृत फेला परेको प्रहरीले बताएको छ । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

महरा मृत फेला परेपछि प्रहरीले हत्या आशंकामा दुईजना पक्राउ गरेको छ । अनुसन्धानका लागि पुगेको प्रहरीको टोलीले दुईजनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पक्राउ व्यक्तिहरूको परिचय खुलाएको छैन् । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मृतक महराको शरीरभरी चोटपटक र निलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका गरिएको छ । मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको आफ्नो पसल बन्द रहेको पाइएको छ भने उनको शव दुई सय मिटर टाढा राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको थियो ।

मृतकको शव पोष्टमार्टका लागी जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक महराको घरमा श्रीमति, दुई छोरा, एक बुहारी र दुई नातिनी छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १ : ४० बजे

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा