११ श्रावण २०८३, सोमबार | July 27, 2026

बैतडीमा एक व्यापारी मृत फेला, दुईजना पक्राउ



बैतडी । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका-४ लेकडाणा घर भई सन्सेरीमाण्डौँमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।

महरा पसल अगाडी मृत फेला परेको प्रहरीले बताएको छ । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

महरा मृत फेला परेपछि प्रहरीले हत्या आशंकामा दुईजना पक्राउ गरेको छ । अनुसन्धानका लागि पुगेको प्रहरीको टोलीले दुईजनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पक्राउ व्यक्तिहरूको परिचय खुलाएको छैन् । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मृतक महराको शरीरभरी चोटपटक र निलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका गरिएको छ । मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको आफ्नो पसल बन्द रहेको पाइएको छ भने उनको शव दुई सय मिटर टाढा राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको थियो ।

मृतकको शव पोष्टमार्टका लागी जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक महराको घरमा श्रीमति, दुई छोरा, एक बुहारी र दुई नातिनी छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १ : ४० बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा