३ पुस २०८२, बिहिबार | December 19, 2025

एनभिए पुरुष तथा महिला च्याम्पियनसिपमा भाग लिने एभरेष्टका भलिबल खेलाडीलाई बिदाई



बुटवल । छैटौ राष्ट्रिय एनभिए कप पुरुष तथा महिला च्याम्पियनसिप भलिबल २०७८ मा भाग लिने एभरेष्ट भलिबल क्लबका प्रशिक्षक तथा खेलाडीहरलाई शुक्रबार एक कार्यक्रमका बिच एभरेष्ट बोर्डिङ स्कुलका सहप्राचार्य भिमसेन गौतम, सहप्राचार्य उमेश रेग्मीले प्रशिक्षक तथा खेलाडीहरुलाई बिदाई गरेका छन ।

असोज १० गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा उपत्यका बाहिरबाट लुम्बिनी प्रदेशको एभरेष्ट महिला तर्फ एकमात्र टिम हो ।

कार्यक्रममा सहप्राचार्य भिमसेन गौतमले भलिबल खेलमा युवा खेलाडी उत्पादनमा एभरेष्ट अग्रस्थानमा रहेको दाबी गरे । विद्यालयमा आवासीयसहितको सुविधामा विभिन्न क्षेत्रका उमेर समुहका खेलाडीहरु उत्पादनमा जोड दिदै आएको उनले बताए ।

प्रतियोगितामा सहभागिता गर्न करीब २ लाख ५० हजार रुपैया खर्च अनुमान गरिएको प्रशिक्षक अर्जुन घिमिरेले बताए । टिममा युवा र अनुभवी खेलाडीहरु भएकाले सफलता मिल्नेमा आशाबादी रहेको उनले बताए ।

यो प्रतियोगितामा भाग लिनु सुनौलो अवसरका रुपमा रहेको भन्दै राम्रो नतिजा ल्याउन सके डिभिजनमा पर्ने अवसर पनि हुने उनले बताए । प्रतियोगितामा महिलातर्फ नेपाल आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड, ढोरपाटन स्पोर्ट्स क्लबर एपिएफ र बुटवलको एभरेष्ट भलिबल क्लब गरि ६ टिमले भाग लिदै छन । एभरेष्ट क्लबका खेलाडीहरुलाई एभरेष्ट बोर्डिङ स्कुलले आवासिय सेवासहित प्रशिक्षण दिदै आएको छ ।

एभरेष्ट टिममा कप्तान तथा मिडल ब्लकर पवित्रा श्रीपाली, सपना डागी, शान्ता सुनार, ओपन स्पाइकर आरती सुवेदी, निशा चौधरी, आरती चौधरी, अलराउण्डर भावना डागी, सोफिया सुनार, सेटर जसना महतो, सरस्वती कट्टेल, लिबेरो यमकली कवर मगर रहेका छन । प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख सहित कप, मेडल, प्रमाणपत्र, दोस्रो २ लाख, तेस्रोले १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि विद्यागत सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र अन्य उत्कृष्ट विद्याका खेलाडीहरुलाई दरले पुरस्कृत गरिने छ । यसअघिको संस्करणमा एभरेष्टको महिला टिम उत्कृष्ट ५ मा रहेको थियो । क्लबका पुर्व खेलाडी पुनम चन्दले खेलाडीहरुलाई जर्सि सौजन्य गरेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : १५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको