३० चैत्र २०८२, सोमबार | April 13, 2026

एमाले केन्द्रीय कमिटीबाट ३ वटा प्रतिवेदन पारित, उपमहासचिव भुसालले राखे ३ बुँदे फरकमत



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीका उपमहासचिव घनश्याम भुसालको ३ बुँदे फरक मतका बीच तीनवटा प्रतिवेदनहरुलाई पारित गरेको छ । शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन आइतबार स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका छन् । आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत राखेका थिए ।

भुसालले जनताको बहुदलिय जनवादबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेका थिए ।

यद्देपी बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी ती दस्तावेज पारित भएको छ । भुसालको फरकमत प्रतिवेदनमा समावेश गर्ने वा फरक मतका साथ महाधिवेशनमा जाने बारे बैठकले केही निर्णय नगरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । आजको बैठकमा ओली, पोरखेल र पौडेलले समुहगत छलफलबाट उठेको प्रश्नहरुको जवाफ दिएका थिए ।

प्रतिवेदनहरुमाथि छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो । समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ३७ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका