१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

५० लाख धरौटीमा छुटे चुणामणि शर्मा



काठमाडौं । बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव चुणामणि शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ ।

सोमबार विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मासँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

त्यसपछि शर्माले धरौटी रकम बुझाएर छुटेका हुन् । निलम्बित सहसचिव शर्मा विशेष अदालतमा आज नै उपस्थित भएर बयान दिएका थिए ।

कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ४७ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,