२ कार्तिक २०८३, सोमबार | October 19, 2026

१० बुँदे सहमति कार्यान्वयनको जिम्मा उपाध्यक्ष भिम रावललाई, कार्यदलमा भित्रिए शंकर पोखरेल



काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सबैभन्दा बढी गुनासो गरिरहेका एमाले उपाध्यक्ष भिम रावललाई नै १० बुँदे कार्यान्वयन गर्ने जिम्मा लगाईएको छ । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई संयोजक तोक्दै सात सदस्यीय कार्यदल पुनर्गठन गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सोमबारको बैठकले रावललाई संयोजक तोक्दै कार्यदलको सदस्यमा शंकर पोखरेललाई थप गरेको छ । यसअघि सहमति कार्यान्वयनका लागि एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो ।

संयोजक बने लगत्तै रावलले मंगलवारका लागि कार्यलmको बैठक बोलाईसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । देशभरी कहाँ कहाँ कार्यान्वयन भएको छैन उहाँहरुले कार्यान्वयनका लागि सहजीकरण गर्नुहुन्छ’, बैठकपछि भट्टराईले बताए ।

१० बुँदे सहमतिमा पार्टिका सम्पूर्ण कमिटीहरु २०७५ जेठ २ गते अगाडिको संरचनामा जाने लेखिएपनि सुदुरपश्चिम प्रदेशमा अध्यक्ष ओलीले प्रदेश इन्चार्ज भिम रावललाई नदिएर माओवादीबाट एमालेमा प्रवेश गरेको लेखराज भट्टलाई ताकेका थिए । २०७५ जेठ २ अघि सो प्रदेशमा रावलले नेतृत्व गरिरहेका थिए ।

ओलीले १० बुँदे पूर्णरुपमा कार्यान्वयन हुन नसक्ने भन्दै भट्टलाई इन्चार्जबाट हटाउन मानेका थिएनन् । उपाध्यक्ष रावलले भने सुदुरपश्चिममा आफु नै इन्चार्ज हुनु पर्ने अडान लिँदै आएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : २० बजे

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको

ओमानमाथि १० रनको रोमाञ्चक जितसँगै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा