९ श्रावण २०८१, बुधबार | July 24, 2024

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला



चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ ।

सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए । “धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ”, बराललले भने, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।” गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए ।

“हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला प¥यो”, उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । रासस

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ४८ बजे

विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्री बनेका आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

बाढीले विद्यालय भवनमा क्षति

पर्वत । जिल्लाको पैयुँ गाउँपालिका-५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी

एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दिए पदबाट राजीनामा

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले