३ पुस २०८२, बिहिबार | December 18, 2025

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु



ताप्लेजुङ । ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो ।

नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताइन् ।

कतिपय बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकोमा अहिले अस्पतालमै अक्सिजन उत्पादन हुन थालेकाले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उनले बताइन ।

ठेक्का पाएको प्रविधि इन्टरनेशनल सप्लार्यसले ७१ लाख ५० हजार रुपैयाँको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिइन ।

अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ०२ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित