४ पुस २०८२, शुक्रबार | December 20, 2025

नौलो सहकारीद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । बुटवल-७ दिपनगर स्थित नौलो बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले खुुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले आफू मन्त्री हुुँदा विपन्न नागरिकका लागि रगत सहज होस भनेर निःशुुल्क रगत पाउने व्यवस्था गरेको बताए । श्रेष्ठले रगतको अभावमा कसै मृत्यु हुन नदिन स्वस्थ्य युुवाहरुले नियमित रक्तदान गनुुपर्ने बताए । कार्यक्रम सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठले सहकारी सामाजिक कार्यमा निरन्तर लागिरहने बताए ।

सहकारीका शिक्षा समिति संयोजक विकास जंग बस्नेतले प्रत्येक स्वस्थ युवाहरुले आफ्नो १८ औं जन्मदिनपछि नियमित रक्तदान गर्नुुपर्ने बताए । सो अवसरमा ३५ युनिट रगत संकलन भएको बस्नेतले बताए ।

कार्यक्रममा नेपाल स्यवसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, लुम्बिनी साना मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष दिनेश थापा, सहकारीका सल्लाहकार दीपक बस्याल लगायत बोलेका थिए ।

सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षा समितिका संयोजक विकासजंग बस्नेतको स्वागत तथा सचिव सुजन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीका करिब ५०० शेयर सदस्य छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ८ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको