४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको बाढीपहिरोको विषयमा संघीय सरकारको ध्यानाकर्षण



काठमाडौं । बुटवलको पहिरो र बाढीको नियन्त्रण तथा जोखिम न्यूनीकरणका विषयमा बुटवलका जनप्रतिनिधिहरुले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल र बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय सरकारका मातहतका विभिन्न कार्यालयलाई प्रकोप नियन्त्रणका योजना सहितको ध्यानाकर्षण गराएको हो ।

त्यसअवसरमा कार्यपालिका सदस्यहरु टंक पराजुली, नारायण पुन र महेन्द्र लिगल, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, नेकपा एमाले नगर अध्यक्ष बाबुराम पन्थी, अनेरास्ववियु उपाध्यक्ष यम पाण्डेलगायत सहभागी थिए ।

ज्योतिनगरको पहिरो रोकथाम, विस्थापितलाई स्थायी बसोबासको प्रबन्ध, तिनाउ र दानव नदीले कटान गरेका बस्तीको सुरक्षार्थ तटबन्धलगायतका काममा उपमहानगरपालिकाले संघीय सरकारको सहयोग र सहकार्य खोजिरहेको छ ।

यस्ता बस्तीको सुरक्षाका लागि उपमहानगरपालिकाले तयार पारेको आवधिक र दीर्घकालीन योजनालाई प्रधानमन्त्री समक्ष जानकारी गराउनुका साथै मातहतका कार्यालयलाई हस्तान्तरण समेत गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको