२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका लागि सरकारले बनायो कार्यदल



बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघिय सरकारलाई सफारिस गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।

बैठकले लुम्बिनी प्रदेशको कृषि विकास सम्वन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश गर्न
कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको समेत प्रवक्ता खड्काले जानकारी दिए ।

प्रवक्ता खडेकाका अनुसार बैठकले उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) अनुसार यस भन्दा अगाडि १० लाख रुपैया ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैया प्रदान गर्न सकिने गरी संसोधन गरेको छ ।

बैठकले प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यलयको आर्थिक वर्ष २०७८÷०७९ अस्थायी दरवन्दीलाई २०७८ साल असोज मसान्तसम्मका लागि स्वीकृत गरेको मन्त्री खड्काले बताए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल