१६ बैशाख २०८३, बुधबार | April 29, 2026

एनआईसी एशियाको भाइबर क्विज बुजमा सहभागी भए आकर्षक उपहार जित्न सकिने



काठमाडौ । एनआईसी एशियाको भाइबर क्विज बुजमा सहभागी भए आकर्षक उपहार जित्न सकिने भएको छ ।

बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ ।
हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएका भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले NIC ASIA Viber Quiz Buzz समेत सञ्चालनमा ल्याएको हो । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

२०७८ आश्विन १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यस NIC ASIA Viber Quiz Buzz मा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन भने हरेक दिन ४ जनाले रू. ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागी हुनेले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिन सकिन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ ।

बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ । यस प्रतियोगिताका अन्य नियम तथा शर्त बैंकको वेबसाइटमा उपलब्ध छन् ।

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई यस बैंकको नाम NIC ASIA खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको NIC ASIA Viber Quiz Buzz योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ४० बजे

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’