१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्चजोखिममा



काठमाडौं । बच्चालाई कम दूध चुसाउने महिलामा स्तन क्यान्सरको उच्चजोखिममा हुने गरेको पाइएको छ । प्राकृतिक चक्रविपरीत बच्चालाई कम दूध खुवाउने, महिनावारीमा गडबडी, ३० वर्षपछि सन्तान जन्माउने तथा मोटोपन भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको हो ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अस्वस्थ तथा शहरी जीवनशैली, धुम्रपान तथा मद्यपानको सेवन स्तन क्यान्सरका प्रमुख कारण हुन् । सामान्यतया ५५ वर्षमाथिका महिलामा स्तन क्यान्सरको समस्या देखिने शाहीले बताए । वंशाणुगत गुणका कारण ५५ वर्षभन्दा कम उमेरमा पनि क्यान्सर देखिन सक्ने उनी बताउँछन् ।

अक्टोबर महिनालाई विश्वभर नै स्तन क्यान्सर जनचेतनाको महिना मानिन्छ। यस महिनामा स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य शिविर गर्नेलगायतका गतिविधि हुने गर्छन् । महिलाको पाठेघरको क्यान्सर र स्तन क्यान्सर पछिल्लो समय विकराल छ । विश्वव्यापी साझा समस्याको रूपमा रहेको स्तन क्यान्सर विकासोन्मुख तथा निम्न आर्थिक अवस्था भएका मुलुकहरूमा अझ बढ्दो छ ।

डा. शाही भन्छन्, ‘स्तन क्यान्सर सुरुमा नै पहिचान गरी उपचार गर्न सके निको हुन्छ । तर, उपचार गराउन ढिला भएमा महिलाको बाँच्ने अवधि कम हुन पुग्छ ।’

विश्वमा रोगका कारण महिलाहरूको मृत्यु हुने गरेकामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । स्तन क्यान्सरबाट बर्सेनि विश्वभर छ लाख २७ हजार महिलाले ज्यान गुमाउने गरेका छन् । नेपालमा प्रत्येक दिन पाँच जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।

स्तन क्यान्सरको जोखिममा पुरुष पनि

स्तन क्यान्सर पुरुषमा पनि हुने गरेको पाइएको छ । प्रत्येक एक हजार पुरुषमा एक जनामा स्तन क्यान्सर हुने गरेको छ ।

क्यान्सर हुनुको कारण महिलाहरूको जस्तै भए तापनि पुरुषको स्तनको कोषिका अनियन्त्रित भएर विभाजित हुने चरणमा पुरुषमा स्तन क्यान्सरको समस्या देखा पर्न सक्छ ।

स्तन क्यान्सरका कारणहरू

-अस्वस्थ जीवनशैली

-नियमित व्यायाम नगर्नु

-बच्चालाई कम दूध खुवाउनु

-३० वर्षपछि बच्चा जन्माउनु

-मोटोपना हुनु

-अनुवांशिक गुण

स्तन क्यान्सरका लक्षणहरू

-स्तन तथा काँखीमुनि गिर्खा वा गाँठा गुठी देखिनु

-स्तनको मुन्टो निचोर्दा पिप वा रगत देखापर्नु

-स्तनको आकार तथा रङमा परिवर्तन हुनु

-स्तनको मुन्टो गाडिनु वा खाल्डो पर्नु

यस्ता लक्षण नदेखिए पनि शरीर दुख्ने, आलस्य हुने, खान मन नलाग्ने, तौल कम हुँदै जानु पनि स्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन् ।

रोकथामका उपाय

-नियमित व्यायाम गर्ने

-धुम्रपान तथा मादक पदार्थ सेवन नगर्ने

-बच्चालाई प्रशस्त मात्रामा दूध खुवाउने

-मासिक रूपमा आफ्नो स्तनको जाँच आफैँ गर्ने

-नियमित वर्षको एक पटक स्तन जाँच गराउने

-४५ वर्ष उमेर पुगेका महिलाले वर्षमा एक पटक म्यामोग्राम गराउने

-परिवारमा अन्य महिला सदस्यमा स्तर क्यान्सर छ भने ४० वर्षको उमेरमा म्यामोग्राम गराउने

-४० वर्षभन्दा कम उमेरका महिलामा शंका भएमा स्तनको एक्स रे गराउने

म्यामोग्राम भनेको के हो ?

म्यामोग्राम भनेको उपचार विधिमा स्क्रनिङ गर्नु भन्ने बुझिन्छ । स्तन क्यान्सर हुनुभन्दा अघि शंका लागेमा आफूलाई क्यान्सर छ कि छैन भनी पत्ता लगाउने विधि हो । यो इमेजी अध्ययन हो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : २९ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक