२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

प्रधानन्यायाधीसलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरियो : सर्वोच्च (विज्ञप्तिसहित)



काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोडेर समाचार प्रकाशन भएको प्रति खेद प्रकट गरेको छ । सर्वोच्चले आज एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीसलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको जनाएको छ ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएको प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको उल्लेख गरिएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो ।’

विज्ञप्तिमा समाचारले अदालत प्रतिको जनआस्था चता नेतृत्व प्रति प्रतिकुल प्रभाव पर्ने जनाईएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ३६ बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया