४ पुस २०८२, शुक्रबार | December 20, 2025

माधव नेपालको साथ छाडेका १० भाईले हामीहरुलाई झुक्याए : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेमा विचार नै नभएकोकारण विचारको बहस नहुने बताएका छन् । माओवादीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै उनले एमालेमा विचार भन्ने चिज नै नभएका कारण विचारमा बहस नभएर पद, सुविधा र अवसरका विषयमा मात्र बहस हुने गरेको बताएका हुन् । ।

एमालेमा विचार, सिद्धान्त नभएको बताईरहँदा अध्यक्ष प्रचण्डले एमालेमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद भने रहेको बताए । उनले एमालेमा सूर्य चिन्हमात्र बाँकी रहेको जिकीर गर्दै त्यसैको आडमा केपी ओलीले मदन भण्डारीको ठाउँ लिन खोजेको बताए । ‘एमालेमा विचार र बहस हुँदैन। त्यहाँ त स्वार्थका लागि मिल्छन्’, प्रचण्डले भने ।

उनले माधव नेपालको साथ छाडेका १० नेताहरुले आफुलाई झुक्याएको समेत चर्चा गरे । प्रचण्डले एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको भएपनि तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा रहेकाले आत्मसमर्पण गरेर टुंङ्गिएको बताए ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको