२१ असार २०८३, आइतबार | July 5, 2026

माधव नेपालको साथ छाडेका १० भाईले हामीहरुलाई झुक्याए : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेमा विचार नै नभएकोकारण विचारको बहस नहुने बताएका छन् । माओवादीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै उनले एमालेमा विचार भन्ने चिज नै नभएका कारण विचारमा बहस नभएर पद, सुविधा र अवसरका विषयमा मात्र बहस हुने गरेको बताएका हुन् । ।

एमालेमा विचार, सिद्धान्त नभएको बताईरहँदा अध्यक्ष प्रचण्डले एमालेमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद भने रहेको बताए । उनले एमालेमा सूर्य चिन्हमात्र बाँकी रहेको जिकीर गर्दै त्यसैको आडमा केपी ओलीले मदन भण्डारीको ठाउँ लिन खोजेको बताए । ‘एमालेमा विचार र बहस हुँदैन। त्यहाँ त स्वार्थका लागि मिल्छन्’, प्रचण्डले भने ।

उनले माधव नेपालको साथ छाडेका १० नेताहरुले आफुलाई झुक्याएको समेत चर्चा गरे । प्रचण्डले एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको भएपनि तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा रहेकाले आत्मसमर्पण गरेर टुंङ्गिएको बताए ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ०१ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा