१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमालेद्वारा प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध



काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई नेकपा एमालेले आज पुनः अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका छन् ।

एमाले सांसदको नारावाजीकै बीच सभामुख सापकोटाले बैठकको नियमित प्रक्रियामा प्रवेश गरेर आफ्ना कुरा राख्न आग्रह गर्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले संसदलाई नियमित अवरोध गर्दा संसदप्रति नै जनतामा वितिष्ण बढन् सक्नेमा पनि एमाले सांसदहरुलाई सचेत गराए ।

एमालेको अवरोधकै बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्न समय दिएका छन्। नारावाजीकै बीच मन्त्री कार्कीले प्रतिवेदन पेश गरेका छन्।

गत भदौ २३ गतेदेखि सुरु भएको बैठकमा एमालेले सुरुदेखि नै निरन्तर अवरोध गर्दै आएको छ । आफुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरी पार्टी विभाजनको मतियार बनेको आरोप लगाउँदै एमाले सांसदहरुले सभामुख सापकोटाकै विरुद्ध नरावाजी गर्दैआएका छन् ।

 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : २७ बजे

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।