२८ भदौ २०८३, आइतबार | September 13, 2026

प्रहरी दिवसमा रुपन्देही प्रहरीले सम्झियो पूर्व प्रहरीहरुलाई



बुटवल । प्रहरी दिवसको अवसर पारेर रुपन्देही प्रहरीले अवकास प्राप्त पूर्व प्रहरीहरुलाई बोलाएर दिवा भोज खुवाएको छ । दिवसका अवसरमा रुपन्देहीमा स्थायी वतन भएका अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरुसँग रुपन्देही प्रहरीले पुनर्मिलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा रुपन्देहीमा बसोबास गरिरहेका पूर्व प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक देखि पूर्व प्रहरी हवल्द्धारहरु समेत गरी ८९ जना पूर्व प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले सरकारी सेवाबाट अवकास पाएपनि प्रहरीहरु राष्ट्रप्रतिको कर्तब्यबाट कहिल्यै अवकास नपाउने बताए ।

पुनर्मिलन ज्यू, भुतपूर्व प्रहरी संगठनका अध्यक्ष एवं पूर्व प्रहरी निरीक्षक प्रेम पौडेल तथा पूर्व प्रहरी नायव उपरीक्षक मेघराज कँडेलले शुभकामना ब्यक्त गरे ।

दिवा भोज सहित सम्पन्न भएको कार्यक्रममा रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापा, बहालवाला प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ०७ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत