२४ बैशाख २०८१, सोमबार | May 7, 2024

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी प्रमुखमा अनन्तराम घिमीरे नियुक्त, प्रदेश प्रशिक्षण निर्देशकमा रामु जोशी



बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणको रिक्त प्रमुख कार्यकारी पदमा अन्तन्तराज घिमीरेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले रिक्त पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी प्रमुखमा घिमीरेलाई नियुक्त गरेको हो ।

बैठकले प्रदेश प्रशिक्षण परिषदको कार्यकारी निर्देशकमा रामु जोशीलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने परिषदमा पूर्ववर्ती एमाले सरकारले मनोनित गरेको विषयगत विज्ञ भुबनेश्वर लामिछाने र मोतिराम प्रसाद शर्मालाई हटाउने निर्णय गरेको छ । बैठकले वर्तमान सरकारले नै विषयगत विज्ञमा नियुक्त गरेको श्याम कुमार आचार्यको आवश्यक कागजपत्र नपुगेको भन्दै मनोनयन बदर गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

शुक्रबारको बैठकले सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकासमन्त्रालयको जिन्सी श्रेष्ठा र सामाग्री शिक्षा विज्ञान र युवा तथा खेलकुद मन्त्रालयमा हस्तातरण गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका प्रवक्ता खड्काले बजेट जनमुखी भएको दावी गर्दै सरकारले छिट्टै पूर्णता पाउने समेत बताए । उनले प्रदेश सरकारले जनताको बीचमा समृद्ध लुम्बिनी प्रदेश, आत्मनिर्भर प्रदेशबासीको सपनालाई साकार बनाउनको लागि क्रियाशिल रहेको बताए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ४५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,