२५ चैत्र २०८२, बुधबार | April 8, 2026

रुपन्देही प्रशासनद्वारा बुटवल मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी



बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा तनाब बढ्दै गएपछि रुपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो एक सूचना जारी गरी अपरान्ह ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले स्थितिलाई थप बिग्रन नदिन पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी अर्को सूचना जारी नभएसम्मकर्फ्यु जारी गरेको हो ।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा उपभोगको विषयलाई लिएर सुकुम्बासी समुह र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ४५ बजे

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले