६ पुस २०८२, आइतबार | December 22, 2025

मोतिपुर झडप अपडेट : ४ जनाको मृत्यु, ५० बढी घाइते



बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको प्रहरी र सुकुम्बासीबीचको झडपमा चार जनाको मृत्यु भएको छ ।

दिउँसो मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा घाइते भएकामध्ये तीन जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अर्का एक जनाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी सुनिल गुरुङ्गले जानकारी दिएका छन् ।

मृतक कपिलवस्तुको वाणगंगा नगरपालिका १०का ४८ वर्षीय रमेश परियार भएको अस्पतालले जनाएको छ ।

भैरहवा मेडिकल कलेजमा १३ जना घाइतेलाई उपचारको लागि लगिएको छ । जसमध्ये ८ जना सर्वसाधारण र ५ जना प्रहरी रहेका अस्पतालका सूचना अधिकृत गुरूङले जनाएका छन् ।

झडपमा दुबैतर्फ गरी ५० जनाभन्दा बढी घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले दिएका जानकारी अनुसार २५ जना प्रहरी घाइते भएका छन् । उनले घाइतेहरुको पुरा विवरण अझै संकलन गर्न बाँकी रहेकाले घाइतेहरुको संख्या अझै बढ्न सक्ने जानकारी दिए । घाईतेहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

दिउँसो स्थितिलाई लिन सुरक्षाकर्मीले करिब ३ दर्जन हवाई फायर गरेको थियो । स्थितिलाई थप बिग्रन नदिन रूपन्देही प्रशासनले अपरान्ह ४ बजेदेखि कर्फ्यु लगाएको छ ।

अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । हवाइफायर गर्दा पनि भीड झन उत्तेजित बनेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ

सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : २४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको