११ श्रावण २०८३, सोमबार | July 27, 2026

बर्दियामा बढ्यो बाघको विगविगी, बाघको आक्रमणबाट एक बेपत्ता



बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको हो ।

गाईवस्तु चराउन गएका बेलामा जंगल छेउबाट बाघले आक्रमण गरी जंगल भित्र लगेको प्रत्यक्षदर्शी निर्मल थारुले जानकारी दिए ।

घटनाको बारेमा थाहा पाउनसाथ बर्दिया राष्ट्रिय निकुञ्ज ओखरीया पोष्टमा रहेको निकुञ्ज र नेपाली सेनाको टोली घटना स्थल तर्फ पुगेको छ । बृपत्ता थारुको खोजीमा निकुञ्जबाट चारवटा हात्ती सहितको टोली परिचारन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । रात परेको हुनाले खोजी कार्य गर्न समस्या भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए । खोजी कार्य जारी भएपनि भएपनि थारुको अवस्था भने पत्ता नलागेको सहायक संरक्षण अधिकृत थापाले बताए ।

केही समय यता बर्दिया जिल्लामा बाघ तथा जंगली हात्तीको विगविगि बढिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ११ बजे

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक