३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

आईपीएल क्रिकेट : कोलकाता नाइट राइडर्स क्वालिफायरमा प्रवेश



काठमाडौं । कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउदै कोलकाता क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो । बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

कोलकाताका सुनिल नारायनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ५६ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष