२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सत्तारुढ ३ विद्यार्थी संगठनको आरोप – ओली सरकारकै दुस्साहसका कारण मोतिपुर रणमैदान बन्यो



काठमाडौं । सत्ता गठबन्धनका दलहरु निकट तीन विद्यार्थी संगठनले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटना पूर्ववर्ती सरकारको गलत रवैयाका कारण भएको आरोप लगाएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै मोतिपुर घटनाको दोषी तत्कालीन सरकार भएको निष्कर्ष दाबी गरेका हुन् । उनीहरुले ओली सरकार र तत्कालिन अर्थमन्त्रीका कारण घटना भएको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ विघा जमिन अधिगृहण नगर्दै गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरूपयोग गरी मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतीपुर क्षेत्र रणमैदान भएको छ । अनाहकमा जनताको ज्यान गएको छ। यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’

उनीहरुले मोतिपुर घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुई दिनअघि मोतिपुर औद्योगिक क्षेत्रको जमिन अतिक्रमण गर्न खोज्ने व्यक्तिहरु र सुरक्षाकर्मीबीच भएको झडपममा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको थियो भने प्रहरी र अतिक्रमणकारीहरु गरी झण्डै ५० जना घाइते भएका थिए ।

 

 

 

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १ : १० बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना