११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाघले बेपत्ता बनाएका थारुको शव फेला



बर्दिया । बाघको आक्रमणका कारण बेपत्ता भएका गेरुवा गाउँपालिका – ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुको शव फेला परेको छ । थारुको शव २ सय मिटर टाढा जंगल भित्र फेला परेको हो ।

थारु भैसी चराउन गएको बेला पाटेबाघले आक्रमण गरी तानेर लगेको थियो । बाघले आक्रमण गरेको जानकारी पाउन साथ बर्दिया राष्ट्रिय निकुञ्जले खोजी कार्य सुरु गरेको थियो । चार ओटा हात्ती सहित खोजी कार्यमा खटिएको निकुञ्जको टोलीले सवा ११ बजे शव फेला पारेको थियो ।

हाल मृतक थारुको शव पोष्ट मार्टमको लागि राजापुर अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात् आवश्यक प्रक्रिया पुृर्याई शव आफन्तलाई बुझाईने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए ।

पछिल्लो समयमा बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ । गत आर्थिक वर्षमा १२ जना र चालु आर्थिक वर्षको हालसम्म २ जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । गरी ज्यान लिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  २ : ४२ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम