२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल क्रिकेट : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित



काठमाडौं । दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको हो ।

दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्काटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले समान २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए ।

कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए। अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : २२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय