२७ माघ २०८२, मंगलबार | February 10, 2026

सर्वोच्चको आदेशमा अधिकारकर्मी रुवी खान थुनामुक्त



काठमाडौं । बहुबिबाहको आरोपमा पक्राउ परेर एक साता देखि प्रहरीको हिरासतमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खान बिहीबार सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएकिछिन् । सर्वोच्च अदालतले उनीमाथि प्रहरीले लगाएको अभियोजन प्रारम्भिक रुपमा पनि पुष्टि हुन नसकेको भन्दै थुनामुक्त गर्न आदेश दिएपछि उनी थुना मुक्त भएकि हुन् । सर्वोच्चले उनलाई पुनः धरपकड नगर्न पनि आदेश दिएको छ ।

बाँकेमा भएको दुई हिंसाका घटनामा छानविन र कारवाही हुनुपर्ने माग राख्दै पिडितहरु सहित पैदल काठमाडौं पुगेकी रुवीलाई काठमाडौबाट प्रहरीले फक्राउ गरेको थियो । रुविकै नेतृत्वमा शुरु भएको शान्तिपूर्ण आन्दोलन दबाउने बहानामा प्रहरीले उनीमाथि बहुबिबाहको आरोप लगाएको थियो ।

रुवी पक्राउ परेसँगै उनको अगुवाईमा चलिरहेको आन्दोलन मत्थर भएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले तीनवटा आधारमा रुविलाई पक्राउ गर्नु गैरकानूनी भएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।

बिहीबार जारी भएको संक्षिप्त आदेशमा भनिएको छ, ‘विपक्षीहरु (प्रहरी)को काम पूर्वाग्रहयुक्त देखिएको अवस्थामा र अन्य कुनै कारवाही चलाउनु पर्ने अवस्था रहेको भनी उल्लेख नभएको अवस्था हुँदा अब तत्काल फेरी पक्राउ गर्ने वा रुबीको वैयक्तिक स्वतन्त्रतामा आघात गर्ने कुनै काम नगर्नु नगराउनू भनी आदेश जारी गरिदिएको छ ।’

गत असोज १ गतेबाट बाँके परसपुर क्षेमा घटेका २ घटनाको पैरव िगर्दै पिडितलाई न्याय दिलाउन रुवीको नृतृत्वमा आन्दोलन शुरु भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट न्याय नपाएको भन्दै घटनाका १४ जना पिडित र सरोकारवालाहरुलाई लिएर २० दिनको पैदल यात्रा गर्दै रुवी काठमाडौं पुगेकी थिईन् । उनलाई काठमाडौमा धर्ना बसेकै स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । रिहा भएपछि खबरकुरासँग कुरा गर्दै रुवीले न्याय नपाउँदा सम्म जिल्ला नफर्कने बताईन् ।

घरेलु हिँसाबाट मृत्यु भएकी नन्कसर्नी धोबीको हत्या भएको तथा बिधुवा महिलालाई सरि बन्धक र अपहरण पछि हत्या भएको घटनामा पिडितले न्याय नपाएको भन्दै रुवीले आवाज उठाउँदै आएकी थिईन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  १० : ११ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा