६ पुस २०८२, आइतबार | December 21, 2025

अधिकारकर्मी रुबी खानलाई अस्पताल भर्ना गरियो, अन्य अनशनकारीलाई झुट्टा मुद्दा नलगाउन रुबीको माग



काठमाडौं । प्रहरी हिरासत भित्रैबाट विगत नौं दिनदेखि आमरण अनसनमा रहेकी नेपालगन्जकी अधिकारकर्मी रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतबाट आमरण अनशन शुरु गरेकी रुबीले सर्वोच्चको आदेशमा रिहा भएपछि पनि माइतीघर मण्डलामा अनसन जारी राखेकी खानलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो ।

बाँके परसपुर गाँउ अन्तर्गत नवानी गाउँकी नन्कुन्नी धोबी र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं पुगेका थिए । उनीहरुले दुबै जनाको मुद्दाको पुनः अनुसन्धान गरि पिडितलाई न्याय दिलाउन सरकारसँग माग गर्दै आएका छन् ।

काडमाडौं आएर मण्डलामा धर्ना शुरु गरे लगतै प्रहरीले रुबीलाई बहुबिबाहको मुद्दामा पक्राउ गरेर हिरासतमा लिएको थियो। तर सर्वोच्च अदालतले बहुबिबाहको प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन् ।

स्वास् प्रस्वासमा समस्या देखिनुका साथै शरीरमा पानीको मात्रा कम भएपछि उनलाई अस्पताल लगिएको हो । प्रहरी हिरासतबाट रिहा भएलगत्तै शुक्रबार खबरकुरासँग कुरा गर्दै रुबीले पिडितहरुले न्याय नपाउँदा सम्म आफुले अनशन नटोड्ने र जिल्ला पनि नफर्कने बताएकी थिईन् ।

रुबी सहित नेपालगन्जबाट काठमाडौं पुगेका १३ जनाले मयडलामा रिले अनशन जारी राखेका छन् ।

रुबीले दुबै घटनाको यथाशीघ्र छानबिन गर्न तथा अभियुक्तहरुलाई संरक्षण गरेको आरोप लागेका बाँकेका एसपी र डीएसपीलाई विभागीय कारबाही गर्न माग समेत गरेकी छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ४२ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)