२५ चैत्र २०८२, बुधबार | April 9, 2026

अधिकारकर्मी रुबी खानलाई अस्पताल भर्ना गरियो, अन्य अनशनकारीलाई झुट्टा मुद्दा नलगाउन रुबीको माग



काठमाडौं । प्रहरी हिरासत भित्रैबाट विगत नौं दिनदेखि आमरण अनसनमा रहेकी नेपालगन्जकी अधिकारकर्मी रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतबाट आमरण अनशन शुरु गरेकी रुबीले सर्वोच्चको आदेशमा रिहा भएपछि पनि माइतीघर मण्डलामा अनसन जारी राखेकी खानलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो ।

बाँके परसपुर गाँउ अन्तर्गत नवानी गाउँकी नन्कुन्नी धोबी र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं पुगेका थिए । उनीहरुले दुबै जनाको मुद्दाको पुनः अनुसन्धान गरि पिडितलाई न्याय दिलाउन सरकारसँग माग गर्दै आएका छन् ।

काडमाडौं आएर मण्डलामा धर्ना शुरु गरे लगतै प्रहरीले रुबीलाई बहुबिबाहको मुद्दामा पक्राउ गरेर हिरासतमा लिएको थियो। तर सर्वोच्च अदालतले बहुबिबाहको प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन् ।

स्वास् प्रस्वासमा समस्या देखिनुका साथै शरीरमा पानीको मात्रा कम भएपछि उनलाई अस्पताल लगिएको हो । प्रहरी हिरासतबाट रिहा भएलगत्तै शुक्रबार खबरकुरासँग कुरा गर्दै रुबीले पिडितहरुले न्याय नपाउँदा सम्म आफुले अनशन नटोड्ने र जिल्ला पनि नफर्कने बताएकी थिईन् ।

रुबी सहित नेपालगन्जबाट काठमाडौं पुगेका १३ जनाले मयडलामा रिले अनशन जारी राखेका छन् ।

रुबीले दुबै घटनाको यथाशीघ्र छानबिन गर्न तथा अभियुक्तहरुलाई संरक्षण गरेको आरोप लागेका बाँकेका एसपी र डीएसपीलाई विभागीय कारबाही गर्न माग समेत गरेकी छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ४२ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास