२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पेरिस डाँडास्थित पार्टी मुख्यालयमा बोलाइएको बैठक आज बिहान साढे ८ बजेबाट सुरु भएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ । कात्तिक १३ गते वडा र मंसिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्री पम्फा भुसाल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल, प्रवक्ता कृष्णबहादुर महरा रहभागी भएका छन ।

त्यसैगरी बैठकमा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठलगायत सबैजसो नेताहरुको उपस्थिति रहेको पेरिसडाँडाको बैठकमा सहभागी एक जना नेताले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ४० बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३