२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रदेश १ का मुख्यमन्त्री आचार्यले मागेको विश्वासको मतमाथि आइतबार छलफल र मतदान हुने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले लिने विश्वासको मतको छिनोफानो आइतबार हुनेभएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् ।

तर सो प्रस्तावमाथि आज कुनै छलफल हुन सकेन । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार छलफल र मतदान हुने जानकारी गराएका छन् ।

सरकारको एकल नेतृत्व गरेको नेकपा एमाले गत भदौमा विभाजन भएपछि संवैधानिक रुपमा मुख्यमन्त्रीले एकमहिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, आचार्यले आफ्नो पद लम्ब्याउन खोजेको विपक्षी दलहरुले आरोप लगाएका छन् ।

प्रदेशसभाको अहिलेको अंकगणितका आधारमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । आचार्यले विश्वासको मत गुमाइसकेका छन् । उनी आइतबार हुने मतदानमा पराजित हुने निश्चित छ । आचार्यको स्थानमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा रहेको छ ।

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ३७ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।