२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

पूर्वन्यायाधीस फोरमको माग – प्रधानन्यायाधीस जबरामाथि प्रतिनिधिसभाले छानविन गरोस



काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास नदिए प्रतिनिधिसभाले उनीमाथि छानविन गर्नुपर्ने जनाएको छ ।

फोरमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीस जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताउँदै प्रधानन्यायाधीश संवैधानिक दायित्व निर्वाह गर्नमा नै गम्भीर शंका उत्पन्न भएको देखिएको जनाएको छ । फोरमले जबराले आफुमाथि आरोप लागेपछि न्यायालयको मर्यादा जोगाउन निकास दिनुपर्ने बताउँदै अन्यथा प्रतिनिधिसभामा उनीमाथि छानविन गर्नुपर्ने माग गरेको छ ।

फोरमले विज्ञप्तिमा भनेको छ, प्रधानन्यायाधीसको तर्फबाट न्यायापालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीससम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निस्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पुरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौं ।

फोरमले भनेको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’ प्रधानन्यायाधीश र दलहरूबीच भागबन्डाको कुरा र त्यसअनुसारका क्रियाकलापले न्यायपालिकाप्रति जनआस्था गम्भीर खतरामा परेको फोरमले जनाएको छ ।

प्रधानन्यायाधीस जबराले सरकार विस्तारका क्रममा आफ्नो कोटामा मन्त्री बनाउनुपर्ने माग गरेको र त्यसअनुसार उनका जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको आरोप लागेको छ । चौतर्फी आलोचना बढेपछि मन्त्री हमालले मन्त्री बनेको तीनदिनभित्रै राजीनामा दिएका थिए ।

 

 

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ५५ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व