१५ माघ २०८२, बिहिबार | January 30, 2026

कांग्रेसलाई फ्लोर क्रसको चिन्ता, प्रदेशसभा बैठक स्थगित गर्न लिखित निवेदन, मुख्यमन्त्री आचार्यलाई राहत



काठमाडौं । नेपाली कांग्रेसले प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न निवेदन दिएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले मागेको विश्वासको मतमाथि आज छलफल र मतदान हुने कार्यसूची रहेको थियो । अहिले साढे १२ बजेका लागि बोलाइएको बैठक स्थगित गर्न कांग्रेसले माग गरेपछि आचार्यले मागेको विश्वासको मतको छिनोफानो अन्यौलमा परेको छ ।

कांग्रेस तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गरेर आचार्यलाई मत दिने सूचना आएपछि कांग्रेसले बैठक स्थगितको निवेदन दिएको हो । सभामुख प्रदीपकुमार भण्डारीसँग मौखिक आग्रह अस्वीकार भएपछि कांग्रेसले लिखित निवेदन नै दिएको हो । बैठक स्थगित गर्ने या अघि बढाउने अधिकार सभामुखमा रहन्छ ।

यद्यपी, कांग्रेसले गृहकार्य नपुगेको र प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण हुनेभएपछि बैठक स्थगित गर्न आग्रह गरिएको जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : ४६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला