२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गृहमन्त्रीलाई खुसी पार्न नसक्दा आएको ४ महिना पनि टिकेनन् बुटवलका डीएसपी



बुटवल । प्रहरी संगठनमा नेता रिझाउन नसक्दा विधि पद्दतीको कसरी धज्जी उडाईन्छ भन्ने पछिल्लो उदाहरण गृहमन्त्री बालकृष्ण खाँणको जिल्ला रुपन्देहीमा देखिएको छ । गृह जिल्लामा गहृमन्त्रीलाई खुसी पार्न नसक्दा प्रहरी संगठनको आन्तरिक मुल्याँकनमा उत्कृष्ट ठहरिएपनि गृहमन्त्री खाँणको ठाडो आदेशमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरको सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आन्तरिक मुल्यांकनमा उत्कृष्ट प्रहरी अधिकृत बनेका डीएसपी कुँवर पुरस्कृत भएको अर्को दिन गृहमन्त्रीको सुरुवाको आदेशमा परेका छन् । शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो । उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए ।

बुटवल सरुवा आएपछि केही राम्रो कामको सुरुवात गरेका कुँवरलाई गृहमन्त्री र उनको परिवारका सदस्यहरुलाई सेवा नपु¥याएकै आधारमा सरुवा गरिएको प्रहरी अधिकृतहरुले नै चर्चा गरेका छन् । कुँवरको स्थानमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ ।

मोतिपुर औद्योगिक क्षेत्र बन्दा पूर्ववर्ती सरकारलाई जस जाने देखिएपछि खाँणकै सहमतिमा मोतिपुरमा जग्गा अतिक्रमण गर्नेहरुलाइ हटाउने नामर्मा आवश्यकता भन्दा बढी बल प्रयोग गरेको र सोही घटनामा चार जनाको मृत्यु भएको तथा तिलोत्तमाकी २७ वर्षिया सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठ्न नसक्दा गृहमन्त्रीको आलोचना भएको महसुस गर्दै कुँवरलाई गृहमन्त्रीको एकल निर्णयबाट सरुवा गरिएको बताइएको छ । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू खांण निकटका भएको खुलासा हुँदै गएपछि अतिक्रमणमा खाँणकै हात हुन सक्ने अनुमान गरिएको थियो ।

कुँवरलाई प्रहरी प्रधान कार्यालयको ट्राफिक महानिर्देशनालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ४३ बजे

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि