२३ बैशाख २०८१, आइतबार | May 6, 2024

रुपन्देहीका लन टेनिस खेलाडीलाई बिदाई



बुटवल । गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा काठमाडौंमा हुने वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा रुपन्देहीबाट सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ ।

कात्तिक ९ देखि १६ गतेसम्म हुने प्रतियोगितामा भागलिने जुनियर तथा सिनियर खेलाडीहरुलाई रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले एक समारोहका बिच आईतबार देविनगर लन टेनिस कम्प्लेक्समा सफलताको शुभकामना दिदै बिदाई गरेको हो ।

संघका अध्यक्ष सन्जय श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवाली, रामु बिक, मनोज बस्नेत, अनिल सेन्चुरी, बालकृष्ण अर्यालले प्रशिक्षक तथा खेलाडीहरुलाई खादा तथा टिका लगाएर बिदाई गरेका थिए । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा लन टेनिस प्रशिक्षण दिदै आएको छ । बुटवलबाट विभिन्न उमेर समुहका जुनियर १३ जना र सिनियर गरि दुई दर्जन बढी खेलाडीहरुले प्रतियोगितामा भाग लिदै छन ।

गणेशमान सिह फाउण्डेसनको आयोजनामा ललितपुरस्थित सातदोबाटो कम्प्लेक्समा आठ दिनसम्म चल्ने प्रतियोगितामा देशभरका खेलाडीहरुले भाग लिदैछन । प्रतियोगितामा मेन्स सिगल÷डबल्स, वुमन्स सिगल/डबल्स, ३५, ४५, ५५, ६५ प्लस उमेर समुहमा सिगल÷डबल्स खेलहरु हुने छन ।

यसैगरि जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु-८, यु-९, यु-१०, यु-१२ तथा यु-१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फका विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । कुल २ सय बढी खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने खेल संयोजक सन्तोष खत्रीले बताए ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ०३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa