७ बैशाख २०८३, सोमबार | April 20, 2026

रुपन्देहीका लन टेनिस खेलाडीलाई बिदाई



बुटवल । गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा काठमाडौंमा हुने वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा रुपन्देहीबाट सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ ।

कात्तिक ९ देखि १६ गतेसम्म हुने प्रतियोगितामा भागलिने जुनियर तथा सिनियर खेलाडीहरुलाई रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले एक समारोहका बिच आईतबार देविनगर लन टेनिस कम्प्लेक्समा सफलताको शुभकामना दिदै बिदाई गरेको हो ।

संघका अध्यक्ष सन्जय श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवाली, रामु बिक, मनोज बस्नेत, अनिल सेन्चुरी, बालकृष्ण अर्यालले प्रशिक्षक तथा खेलाडीहरुलाई खादा तथा टिका लगाएर बिदाई गरेका थिए । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा लन टेनिस प्रशिक्षण दिदै आएको छ । बुटवलबाट विभिन्न उमेर समुहका जुनियर १३ जना र सिनियर गरि दुई दर्जन बढी खेलाडीहरुले प्रतियोगितामा भाग लिदै छन ।

गणेशमान सिह फाउण्डेसनको आयोजनामा ललितपुरस्थित सातदोबाटो कम्प्लेक्समा आठ दिनसम्म चल्ने प्रतियोगितामा देशभरका खेलाडीहरुले भाग लिदैछन । प्रतियोगितामा मेन्स सिगल÷डबल्स, वुमन्स सिगल/डबल्स, ३५, ४५, ५५, ६५ प्लस उमेर समुहमा सिगल÷डबल्स खेलहरु हुने छन ।

यसैगरि जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु-८, यु-९, यु-१०, यु-१२ तथा यु-१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फका विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । कुल २ सय बढी खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने खेल संयोजक सन्तोष खत्रीले बताए ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ०३ बजे

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम