२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेपालको सार्वभौमिकतालाई भारतले सम्मान गर्नुपर्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् ।

सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

भारतीय प्रधानमन्त्रीले संविधानसभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले ताली बजाएको कुरालाई स्मरण गर्दै प्रचण्डले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा ताली बजाउनेहरुलाई ताली बजाइरहने बनाउन पनि आग्रह गरे । नेपाल भारत सीमा समस्या रहेको उल्लेख गर्दै प्रचण्डले सिमा समस्यालाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने बताए । उनले भने – ‘सीमानाकामा जे जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरु छन् । ति सम्वादको तरीकाद्धारा उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् । हामी मिल्नुको विकल्प छैन । इतिहासले, भुगोलले, संस्कृतिले, अर्थतन्त्रले, जनता जनताको सम्बन्धले । हामीहरु मिलेर एक अर्काको कन्सर्नहरुलाई ध्यान दिएर सकारात्मक र रचनात्मक ढंगले समाधान गर्दै अगाडि जानुपर्छ ।’

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपु¥याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपु¥याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देश बीचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे । उनले भने ‘नेपालको नेशनल इन्ट्रेष्ट र भारतको नेशनल इन्ट्रेष्टलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरुवात गरियो भने दुनियाँको कुनैपनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौँ ।’

प्रचण्डले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि स्मरण गरे । भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनले स्वीकार गरे ।

अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजि झुठो भएको पनि उल्लेख गरे । माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ४७ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ