१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूति दिने गरी काम गर्न क्याविनेट मन्त्रीहरुलाई मुख्यमन्त्री केसीको कडा निर्देशन



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो क्याजिनेट मन्त्री तथा सचिवहरुलाई प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूति दिने गरि काम गर्न निर्देशन दिएका छन् । आज लुम्बिनी प्रदेशका मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई व्रिफिङको क्रममा मुख्यमन्त्री केसीले प्रदेशबासीलाई “समृद्धी प्रदेश, आत्मनिर्भर प्रदेश” को नारालाई साकार बनाउनका लागि जनतालाई अनुभूति दिने गरी उत्साहपूर्वक जनताको सेवामा लाग्न मन्त्री, राज्य मन्त्री तथा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका हुन् ।

उनले जनताको जनगुनासोलाई पहिलो प्राथमिकतामा राखी सम्वोधन गर्नका सबैलाई सबै मन्त्रीहरुलाई आग्रह गरे । उनले गठबन्धन दलको सरकारको अनुभूति दिनका लागि सबैले आफ्नो कार्यक्षमता, दक्षता र विवेकतालाई अझै गति प्रदान गर्न मन्त्रीहरुलाई निर्देशन दिँदै जनतालाई परिणाम दिने गरी काम गर्न आग्रह गरे । मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या बढी बनाएपनि आफ्नो खर्चमा मितव्ययिता बनाउँदै अन्तरमन्त्रालयको सहकार्य र समन्वयमा काम गरी अगािड बढ्नका लागि मन्त्रीहरुलाई निर्देश गरे ।

उनले मन्त्रालय सम्हालेका मन्त्रीहरुले राजनीतिक स्प्रीटका आधारमा कामलाई गति दिन आवश्यक रहेको समेत औल्याए । कार्यक्रममा सहभागी मन्त्री तथा मन्त्रालयका सचिवहरुले कामको गतिलाई बढाउने र परिणाम देखिने गरि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ४८ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि