७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

सर्वोच्च अदालतमा अशोभनीय ढंगले गुटबन्दी बढ्यो : ओली



विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालत संविधानको भावना र मर्म अनुसार चल्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताएका हुन् । ओलीले भने, ‘सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।’

ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताए । उनले सर्वोच्च अदालतभित्र अशोभनीय गुटबन्दी बढेको भन्दै त्यहाँभित्रको दाउपेचमा आफुहरुलाई फस्नु नरहेको जिकिर गरे । ओलीले अहिलेको परिणाम ‘परमादेश’भन्दा अघि कै सेटिङबाट आएको दाबी गरे । ‘अदालतमा के सेटिङ हो, कस्तो सेटिङ हो हेर्दैछौं हामी,’ ओलीले भने

‘यस प्रकारका क्रियाकलाप सम्मानित सर्वोच्च अदालत जस्ता ठाउँमा हुनु हुँदैन ओलीले भने, ‘अदालत लोकतन्त्रको एउटा स्तम्भ हो । हाम्रो चिन्ता अदालतको विश्वसनीयताबारे हो। अदालत देशको महत्वपूर्ण अंगको रूपमा रहोस्, दलीय गुटबन्दीमा फस्नु हुँदैन ।’ तर संचारकर्मीले ओलीकै पालाबाट अदालतमा राजनीति छिरेको बारे गरेको प्रश्नको जवाफ दिन भने उनी उम्किए ।

अध्यक्ष ओलीले अहिलेको संसदले कुनै काम गर्न नसकेको भन्दै फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताए । उनले सरकारको कार्यशैली भद्रगोल रहेको आरोप लगाए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : १९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल