२८ माघ २०८२, बुधबार | February 12, 2026

एक युवक खोलामा मृत भेटिए, दुई बेपत्ता



बैतडी । बैतडीमा एक युवक खोलामा मृत भेटिएका छन् भने दुई जना बेपत्ता रहेका छन् ।

पाटन नगरपालिका-६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मृत फेला परेका छन् । उनी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बजार जानका लागि सोमबार घरबाट निस्केका उनी साँझ नफर्केपछि खोजी थालिएको थियो। खोजी गर्ने क्रममा स्थानीय गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस्तै नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जना फेला परेका छैनन् । डिलाशैनी गाउँपालिका-५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात रहेको हो । उनी कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए ।

यसैगरी, जमाडी खोलामा बेपत्ता भएकी डिलाशैनी-४ मठैराजकी २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन् । उनी कात्तिक २ गतेदेखि बेपत्ता छिन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ५४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी