३ पुस २०८२, बिहिबार | December 18, 2025

५९ सांसदको हस्ताक्षर सहित बागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी प्रस्तुत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले गठकन्धनका सांसदहरु सहित ५९ सांसदको हस्ताक्षर रहेको मुख्यमन्त्री पदमा दावी प्रदेश प्रमुख समक्ष पेश गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शाक्यको राजीनामा स्वृकित गरेर प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा ९१० को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

बागमती प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका कारण प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुख शर्माले आह्वान गरेका थिए ।

१०९ सदस्यीय बागमती प्रदेशसभा सरकार बनाउन ५५ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य गरि ५९ जनाको हस्ताक्षर सहितको दाबी नेता पाण्डेले प्रस्तुत गरेका थिए ।

प्रदेश सभाका ५६ सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले अल्पमतमा परेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ५७ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको