१० श्रावण २०८३, आइतबार | July 26, 2026

न्यायाधीशहरुले इजलास बहिस्कार गरेपछि प्रधानन्यायाधीश एक्लै मुद्दा हेर्दै



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीसहरुले इजलास बहिस्कार गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विगत केही दिनबाट एक्लै सवोच्चको इजलास चलाईरहेका छन् ।

आफुले आफैलाई इजलासमा पेसी तोक्ने र मुद्दा हेर्ने क्रम प्रधान्यायाधीश जबराले बिहिबार पनि जारी राखेका छन् । बुधबार आफ्नै इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने आपु एक्लैले हेर्ने गरि २८ वटा मुद्दाको पेसी तोकेका छन् ।

सर्वोच्चका अधिकांस न्यायाधीशहरु इजलास बहिष्कार गरेर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका छन् । बिवादमा पर्न नचाहेर २ जना न्यायाधीस बुधबार भारत छिरेका छन् भने सर्वोच्चका एक न्यायाधीस बिदामा छन् । नेपाल बारले समेत बहस बहिस्कार गर्ने बताइरहँदा प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान लिँदै एक्लै इजलास चलाउन तम्सिएका हुन् । जबराले महाअभियाग लगाउन चेतावनी दिँदै राजीनामा नदिने अडानमा देखिएपछि भद्र अवज्ञामा उत्रिएका न्यायाधीशहरुलाई समस्या परेको छ । दलहरुले महाअभियोग लगाउने कुनै संकेत नदेखाएपछि प्रधानन्यायाधीशको मनोबल अझै बढेको एक अधिवक्ताले बताए ।

बिहीबार प्रधानन्यायाधीश जबरा एक्लैको इजलासमा प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको लगायतका अन्य मुद्दाहरु रहेका छन् ।

सर्वोच्चका प्रधानन्यायाधीशहरुले बिहीबार पनि साढे ११ बजेका लागि बैठक राखेका छन् । अन्य न्यायाधीशहरूले गत आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ११ : २३ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले