२ पुस २०८२, बुधबार | December 17, 2025

न्यायाधीशहरुले इजलास बहिस्कार गरेपछि प्रधानन्यायाधीश एक्लै मुद्दा हेर्दै



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीसहरुले इजलास बहिस्कार गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विगत केही दिनबाट एक्लै सवोच्चको इजलास चलाईरहेका छन् ।

आफुले आफैलाई इजलासमा पेसी तोक्ने र मुद्दा हेर्ने क्रम प्रधान्यायाधीश जबराले बिहिबार पनि जारी राखेका छन् । बुधबार आफ्नै इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने आपु एक्लैले हेर्ने गरि २८ वटा मुद्दाको पेसी तोकेका छन् ।

सर्वोच्चका अधिकांस न्यायाधीशहरु इजलास बहिष्कार गरेर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका छन् । बिवादमा पर्न नचाहेर २ जना न्यायाधीस बुधबार भारत छिरेका छन् भने सर्वोच्चका एक न्यायाधीस बिदामा छन् । नेपाल बारले समेत बहस बहिस्कार गर्ने बताइरहँदा प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान लिँदै एक्लै इजलास चलाउन तम्सिएका हुन् । जबराले महाअभियाग लगाउन चेतावनी दिँदै राजीनामा नदिने अडानमा देखिएपछि भद्र अवज्ञामा उत्रिएका न्यायाधीशहरुलाई समस्या परेको छ । दलहरुले महाअभियोग लगाउने कुनै संकेत नदेखाएपछि प्रधानन्यायाधीशको मनोबल अझै बढेको एक अधिवक्ताले बताए ।

बिहीबार प्रधानन्यायाधीश जबरा एक्लैको इजलासमा प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको लगायतका अन्य मुद्दाहरु रहेका छन् ।

सर्वोच्चका प्रधानन्यायाधीशहरुले बिहीबार पनि साढे ११ बजेका लागि बैठक राखेका छन् । अन्य न्यायाधीशहरूले गत आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ११ : २३ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर