२८ माघ २०८२, बुधबार | February 12, 2026

चैत्र मसान्तसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका हुन् ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

असोज मसन्तसम्म एकतिहाइ जनसङ्ख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

विगतमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी भएको अध्यादेश निष्क्रिय भइसकेपछि नेपाल सरकारले त्यसको व्यवस्थापनका लागि असोजमा आदेश जारी गरी सिसिएमसीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रमा रुपान्तरण गरेको थियो ।

बैठकमा उक्त केन्द्रबाट अहिलेसम्मको प्रगति विवरणको विषयमा र स्वास्थ्य मन्त्रालयबाट हालको कोभिड–१९ सङ्क्रमणको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था तथा खोपका बारेमा प्रस्तुतिकरण भएको थियो । बैठकले उक्त समन्वय केन्द्रको जनशक्ति व्यवस्था र सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको सचिव न्यौपानेले जनकारी दिए ।

सरकारले अवकाशप्राप्त रथी बालानन्द शर्माको नेतृत्वमा उक्त केन्द्र बनाएको थियो । बैठकले केन्द्रबाट हालसम्म भएको कामका लागि धन्यवाद दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : ४६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी