१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रतिनिधिसभा बैठक १८ दिनसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनपछि बस्नेगरी स्थगित भएको छ ।

आजको बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरूले विगतमा जस्तै रोष्टम घेराउन गर्दै नाराबाजी गरेको केही समयपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १८ दिनपछि बस्नेगरी स्थगित गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेले लगाउँदै आएको छ ।

एमाले सांसदहरुको अवरोधकै बीच सभामुख सापकोटाले बैठक केहीबेर अघि बढाएका थिए । सापकोटाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएकोबारे राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यसैगरी कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए। यस्तै सभामुख सापकोटाले संसदमा अनुपस्थित हुने सांसदहरुको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे ।

सभामुखले १८ दिन बैठक स्थगित गरेपनि सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  २ : ५२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज