२ पुस २०८२, बुधबार | December 18, 2025

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न बारको बैठक बस्दै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर, जबराले बिहीबार साँझ प्राइम टाइम टिभीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ । त्यसअनुसार जान मलाई मञ्जुर छ । तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन ।’

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ०८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल