९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रतिगामीहरुको घेराबन्दी तोड्न माओवादी आन्दोनलाई एकीकृत गर्न आवश्यक छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले ‘सोनाम’ ले नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताएका छन् । माओवादी केन्द्रको रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जनयुद्धका उपलब्धीहरुलाई रक्षा गर्नका लागि माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्ने बताए ।

उनले माओवादी आन्दोनलाई प्रतिगामीहरुले घेराबन्दी गरिरहेको बताउँदै अब प्रतिगामीहरुको घेराबन्दी तोड्न माओवादी आन्दोनलाई एकीकृत गर्नै पर्ने आवश्यकता रहेको बताए । माओवादी कम्युनिष्टहरुले विगतको युद्धका रणनैतिक उद्देश्यलाई पुर्ति गरी आम जनतालाई समाजवाद उन्मुख गर्न अग्रसर हुनु पर्ने बताउँदै केसीले माओवादीको आगामी महाधिवेशनमा विचार र नेतृत्वको सवालमा व्यापक छलफल गरी अगाडि बढाउनु पर्नेमा जोड दिए ।

माओवादी आन्दोनलाई विकास गर्नका लागि हालको माओवादी केन्द्रका नेतृत्वले अझै मेहनत गर्नुपर्ने उल्लेख गर्दै उनले महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई संष्लेषण गर्नुपर्ने बताए ।

नेपालमा बामपन्थीहरुको एकतालाई मजवुत बनाउने महान योजनालाई एमाले अध्यक्ष केपी ओलीले वज्रपात गरेको बताउँदै उनले फेरिपनि असली कम्युनिष्ट पार्टी बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढेको स्पष्ट पारे ।

आम जनताको सेवकको रुपमा पार्टी निर्माण गरी देश र जनताको समृद्धीका लागि सबै कार्यकर्ताहरु एकतावद्ध भएर लाग्न जरुरी भएको मुख्यमन्त्री केसीको भनाई छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ०५ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको