२१ असार २०८३, आइतबार | July 5, 2026

न्यायालयका सम्बन्धमा गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड



जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बहुचर्चित प्रधानन्यायाधीस प्रकरणमा गठबन्धनबाट छिट्टै साझा धारणा आउने बताएका छन् ।

शनिबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको बैठकमा अहिलेसम्म न्यायालयमा देखिएको समस्याको विषयमा छलफल नभएको बताए । उनले नेताहरु कार्यव्यस्तताले गर्दा काठमाडौँ बाहिरै रहेको उल्लेख गर्दै काठमाडौँमा नेताहरु उपलब्ध भएपछि केही दिनभित्रै छलफल गरेर गठबन्धनको साझा धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

न्यायालेयलाई हेर्ने दृष्टिकोणका सम्बन्धमा गठबन्धनमा कुनै विवाद नभएको दाबी गर्दै गठबन्धन स्मुथ्ली चलेको बताए । कुनै विवाद आएको “दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर, गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’ प्रचण्डले भने ।

पत्रकारहरुको न्यायालय सम्बन्धमा प्रचण्डको व्यक्तिगत धारणाका सम्बन्धमा उनले यो विषयमा व्यक्तिगत भन्दा पनि गठबन्धनकै धारणा आउने बताए ।

अध्यक्ष प्रचण्डले अध्यादेशबाट भएपनि महत्वपूर्ण नागरिकता लगायत महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने जनाउ दिँदै प्रतिपक्षी दलले संविधानको मर्म भावनाविपरीत अनावश्यक रुपमा संसद् अवरुद्ध गरेकोले गठबन्धनलाई अर्को बाटो अपनाउन बाध्य पारिएको स्पष्ट पारे ।

सर्लाहीको एक कार्यक्रममा जाने क्रममा प्रचण्डले जनकपुरधाममा पत्रकारहरुसँग केही बेर कुराकानी गरेका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  २ : १७ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल