८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देहीको ब्यापार संगठनको बैठक बर्दियाको ठाकुरद्वारामा



बर्दिया । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श रुपन्देही) को वार्षिक कार्ययोजना बैठक शनिबार बर्दियामा सुरु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित बर्दिया गैंडा क्याम्पमा सुरु भएको बैठकले वार्षिक कार्ययोजना तय गर्ने संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

बैठकमा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, परामर्श समिति सदस्य लगायतको उपस्थिति रहेको संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

बैठकमा स्वागत मन्तव्य राख्दै संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले विभिन्न आरोह–अवरोहका बीच संस्थामा यहाँसम्म आइपुगेको बताए । उनले वार्षिक कार्ययोजना बैठकले तय गरेका कार्यक्रमहरु सफल पार्न संगठनको सम्पूर्ण टिम लाग्नुपर्ने बताए । ‘संस्थाको गरिमा बढेको छ, सबै मिलेर संस्थालाई थप अगाडी बढाउनुपर्छ, ’भण्डारीले भने ।

बैठकमा संगठनको निर्वाचित कार्यसमितिको प्रथम बैठकको निर्णयबाट कार्यसमिति तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरिएको महासचिव सचिन रोक्काले बताए । त्यस्तै बैठकमा संगठनका कोषाध्यक्ष राम मिलन यादवले आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ५ : ५६ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा