१० श्रावण २०८३, आइतबार | July 27, 2026

रुपन्देहीको ब्यापार संगठनको बैठक बर्दियाको ठाकुरद्वारामा



बर्दिया । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श रुपन्देही) को वार्षिक कार्ययोजना बैठक शनिबार बर्दियामा सुरु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित बर्दिया गैंडा क्याम्पमा सुरु भएको बैठकले वार्षिक कार्ययोजना तय गर्ने संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

बैठकमा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, परामर्श समिति सदस्य लगायतको उपस्थिति रहेको संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

बैठकमा स्वागत मन्तव्य राख्दै संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले विभिन्न आरोह–अवरोहका बीच संस्थामा यहाँसम्म आइपुगेको बताए । उनले वार्षिक कार्ययोजना बैठकले तय गरेका कार्यक्रमहरु सफल पार्न संगठनको सम्पूर्ण टिम लाग्नुपर्ने बताए । ‘संस्थाको गरिमा बढेको छ, सबै मिलेर संस्थालाई थप अगाडी बढाउनुपर्छ, ’भण्डारीले भने ।

बैठकमा संगठनको निर्वाचित कार्यसमितिको प्रथम बैठकको निर्णयबाट कार्यसमिति तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरिएको महासचिव सचिन रोक्काले बताए । त्यस्तै बैठकमा संगठनका कोषाध्यक्ष राम मिलन यादवले आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ५ : ५६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले